झापा। झापा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादी बुद्धशान्तिका गाउँपालिकाका एकजना पुरुषलाई पक्राउ गरी कारागार चलान गरिएको छ।।
झापा जिल्ला अदालतबाट २०७९ फागुन ११ गते लागुऔषध मुद्दामा दुई महिना कैद सजाय हुने फैसला भएपछि फरार रहेका बुद्धशान्ति २ का ५२ वर्षीय यादवराज पौडेललाई झापा कारागार पठाइएको हो ।
झापा प्रहरीका कार्यवाहक प्रवक्ता ढुण्डीराज गिरीका अनुसार पौडेललाई हिजो इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।