लामखुट्टे धपाउन बालेको घुरले आगलागी, ६० लाख रुपैयाँ बराबरको क्षति

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुर)ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको थियो । आगलागीमा ६० लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए ।

EPIC EPIC EPIC EPIC EPIC

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए । आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख रुपैयाँ नगद नै जलेर नष्ट भएको छ ।

त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *