लामिछानेलाई पोखरा लाने क्रममा सशस्त्र प्रहरीको शिक्षालयमा खाना, ठाउँ-ठाउँमा कार्यकर्ताको विरोध

पोखरा – निकै समय अघिदेखि पक्राउको चर्चा चले पनि शुक्रबार साँझ सरकारले पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर पोखरा पुर्याएको छ।

EPIC

शुक्रबार बिहान पनि प्रतिपक्षी दलहरूको बैठक बसिरहेका बेला उनी पक्राउ पर्ने हल्ला चलेको थियो।

EPIC EPIC EPIC

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार बिहान कास्की प्रहरीको जिम्मा लगाइएको छ।

उनलाई बिहान करिब २ बजेर ४५ मिनेटमा जिप्रका कास्की पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ। उनी कास्की प्रहरीको हिरासतमा छन्।

सहकारी ठगी र संगठित अपराधको आरोपमा अदालतको अनुमति लिएर पक्राउ परेका रवि लामिछानेलाई पोखरा लैजानेक्रममा कुरिनटारमा रहेको सशस्त्र प्रहरीको कार्यालयमा बेलुकाको खाना खुवाइयो।

कुरिनटारमा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन शिक्षालयमा उनलाई बेलुकाको खाना खुवाइएको हो।

जब लामिछानेलाई शुक्रबार बेलुका पक्राउ गर्न रास्वपाको केन्द्रीय कार्यालयमा प्रहरी पुग्यो रास्वपाका कार्यकर्ता चोक-चोकमा भेला भएर बिरोध गर्न सुरु गरेका थिए।

लामिछानेलाई पक्राउ गरेर स्थलमार्ग हुँदै पोखरा लैजाँदै गर्दा धादिङको गल्छीमा रास्वपाका कार्यकर्ता पार्टीको झण्डा बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए। मुग्लिन चोकमा रास्वपा कार्याकर्ताले प्रहरीको गाडीलाई अवरोध गर्ने कोशिस गरेका थिए।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेमाथि ठगी र सङ्गठित अपराधमा पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतबाट अनुमति पाएपछि काठमाडौँमा पक्राउ गरेर स्थलमार्गबाट पोखरा लगिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *