लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव नियुक्त

काठमाडौं । नेपाल सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ, जससँगै उनी नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बन्न सफल भएकी छन्।

वर्तमान सरकारले असार ३१ गते उनलाई निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो। गड्तौला विसं २०२३ साल भदौ १५ गते तेह्रथुममा जन्मिएकी हुन् र विसं २०५२ मा नेपालको निजामती सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गरेकी थिइन्।

EPIC EPIC EPIC EPIC EPIC

उनले विसं २०६३ मा उपसचिव, २०७० मा सहसचिव, र २०७७ मा सचिवमा बढुवा भइसकेकी थिइन्। उमेर हदका कारण उनी आउँदो भदौ १५ गते सेवा निवृत्त हुँदैछिन्।

यो नियुक्तिले नेपालको प्रशासनिक इतिहासमा महिला सशक्तिकरण र समानताको नयाँ अध्यायको सुरुवात गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *