Search
Close this search box.
Search
Close this search box.

लुँडो र क्यारेम बोर्ड खेलेर युवाहरु बिग्रेको गुनासो आएपछि उर्लाबारी ३ मा खेल प्रतिबन्ध

घर परिवारबाट लुडो र क्यारेम बोर्ड खेलेर छोराहरू बिग्रिए भन्दै वडा नम्बर ३ मा गुनासोको ओइरो आउने थालेपछि खेल प्रतिबन्ध, ८ बजेपछि होटल बन्द गरिसक्नुपर्ने

छोराहरू लुडो र क्याराम बोर्ड खेलेर बिग्रिएको भन्दै वडा नम्बर ३ मा गुनासो आउन थालेपछि उर्लाबारी वडा नम्बर ३ ले सार्वजनिक स्थानमा लुडो र क्यारेम बोर्ड खेललाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

EPIC

आइतबार वडा कार्यालयमा बसेको वडा समितिको बैठकले ती खेलहरूमा युवाहरू घन्टौंसम्म बस्‍ने र राति अबेरसम्म होटलमा बसेर झैंझगडा तथा लागूऔषध प्रयोगका घटनाहरू बढेको गुनासो आउन थालेपछि उक्त निर्णय लिइएको वडाध्यक्ष भिष्मराज बुढाथोकीले बताए ।

वडाध्यक्ष बुढाथोकी बताउछन्, “क्यारेम बोर्ड र लुडो सार्वजनिक स्थानमा खेल्दा युवाहरू धेरै नै होहल्ला गर्ने, जथाभावी रूपमा अपशब्द बोल्ने, अनावश्यक रुपमा समय व्यतित गर्ने गरेको गुनासोहरू वडामा आउन थालेका थिए ।”

यस्तै उनले राति अबेरसम्म होटल खुला हुँदा धेरै नै मादक पदार्थ सेवन गरेर राति गाउँघरमा होहल्ला बढेपछि वडाले होटल व्यवसायीहरुलाई ८ बजे राति होटल बन्द गर्नुपर्ने निर्णय गरेको बताए ।

‘राति अबेरसम्म होटला खुला राख्दा युवा र प्रौढ वर्गका मानिसहरू मद्यपान गरेर झगडा र कुटपिट गर्ने गरेको घटना बढेपछि यी निर्णय लिइएको हो,’ वडाध्यक्ष बुढाथोकीले मंगलबारे पेजलाई भने । पछिल्लो समय वडामा युवाहरु कुलतमा लाग्ने, लागुऔषध दुर्व्यसनीमा फसेकोले यस्ता कार्यले न्यूनिकरण गराउन सकिने विश्वास रहेको उनले बताए ।

सार्वजनिक स्थानमा ती खेलहरू वडाले पूर्ण रूपमा खेल्न प्रतिबन्ध गरेको जनाउँदै कतै खेलेको या खेलाईएको पाईए ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवाना गरिने वडा कार्यालयले जनाएको छ ।

यस्तै, बैठकले वडाभित्र सञ्चालित सम्पूर्ण होटल राति ८ बजेदेखि अनिवार्य बन्द नगरे १ हजार देखि ५ हजार रुपैयाँसम्म जरिवाना लगाउन सकिने व्यवस्था गरेको छ ।

सो निर्णय कार्यान्वयनका लागि वडा कार्यालयले सोमबार सूचना निकाल्दै होटल व्यवसायीहरूलाई पत्राचार गर्ने तयारी गरेको छ ।

वडा कार्यालयमा आइतबार बिहान वडा कार्यालयमा वडाध्यक्ष बुढाथोकीसहित पूर्व वडाध्यक्षद्वय गञ्ज बहादुर कार्की र पारसमणी कुँइकेल ,मोरङ जिल्ला समन्वय समिती सदस्य मित्र ढकाल, वडा सदस्यद्वय ज्योति धिमाल र कृष्ण थापा, अस्थायी प्रहरी चौकी मंगलबारेका निमित्त प्रहरी इन्चार्ज प्रहरी वरिष्ठ हवल्दार चन्द्र भण्डारी, नगर पहरी प्रमुख याम कार्कीलगायतको उपस्थितीमा बसेको बैठकले यी निर्णय गरिएको हो ।

सुरक्षा निकायकाले निकालेको निष्कर्षलाई आधार मानेर वडा कार्यालयले युवाहरूलाई कुलतबाट जोगाउनका लागि यी निर्णय लिइएको जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *