लेबनानमा कार्यरत नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते

लेबनानको राजधानी बेरुत नजिक संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल सवार कन्भोयमाथि आक्रमण भएको छ। 

EPIC

फागुन ३ गते राति करिब १२ बजे प्रदर्शनकारीहरूको समूहले उपरथी ढकाल सवार गाडीलाई रोकी तोडफोड गरेका हुन् । त्यसक्रममा उपरथी ढकाल घाइते भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

EPIC EPIC EPIC

घटनापछि उनलाई तत्काल उद्धार गरी बेरुतस्थित यूएन लेभल-३ अस्पतालमा लगिएको थियो। अस्पताल स्रोतका अनुसार हाल उनको अवस्था खतरामुक्त रहेको छ। डेपुटी फोर्स कमाण्डर ढकाल आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा रहेका थिए।


घटनापछि यूनिफिल मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गरेको छ। 

संयुक्त राष्ट्रसंघले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको छ। 

लेबनानका प्रधानमन्त्री तथा लेबनानी आर्मड फोर्सले पनि घटनाको भर्त्सना गर्दै संलग्न व्यक्ति वा समूहलाई कानूनी दायरामा ल्याउने बताएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *