लोक गायक एल.पी. जोशीको निधन

दमक। चर्चित नेपाली लोक गायक लक्ष्मीप्रसाद (एल.पी.) जोशीको निधन भएको छ। दमकस्थित लाइफलाइन हस्पिटलमा बिहीवार साँझ ८.३० बजे उनको निधन भएको हो।

EPIC

दमक-१ निवासी जोशी नेपाली लोकगीत क्षेत्रका एक चर्चित नाम थिए। उनले ‘रिटिङ रिटिङ नबजाउ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो’ जस्ता चर्चित गीत गाएका थिए। उनका गीतहरु नेपाली समाजमा अत्यन्त लोकप्रिय थिए र उनका स्वरले नेपाली लोकसंगीतको धरोहरमा एक महत्वपूर्ण स्थान पाएको छ।

EPIC EPIC EPIC

एल.पी. जोशीले आफैं संकलन गरेका गीतहरू रेडियो नेपालमा प्रस्तुत गरेर कालजयी बनाए। पूर्वेली लोकगीतका एक लोकप्रिय गायकका रूपमा परिचित जोशीले नेपाली लोकसंगीतको उत्थान र संरक्षणमा ठूलो योगदान दिएका थिए।

उनको असामयिक निधनले नेपाली संगीत क्षेत्रलाई ठूलो क्षति पुगेको छ। उनको सम्झनामा विभिन्न सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *