रुद्र उप्रेती,
कचनकवल। डोरी, बोरा, झोला, झल्ला लगायतका विभिन्न सामग्री बनाउन प्रयोग हुने सनपाट यतिबेला लोप हुने अवस्थामा पुगेको छ। विगतका समयमा तराईका आदिवासी समुदायले गर्ने सनपाट खेती पछिल्लो समय सनपाटले बजार नपाएपछि झापामा सनपाट खेति गर्ने किसानहरु घट्दै गएकाे पाइएको हो।
यस किसिमकाे खेती गर्न धेरै झन्झटिलो र बढी परिश्रम लाग्ने र त्यस अनुसारको मुल्य नपाउने जस्ता समस्यले किसान निरास भएका छन्।
कचनकवल गाउँपालिकाको सन्दर्भमा भने किसानले सनपाट खेती लगाउनै छोडीसकेको कचनकवल – ७ का स्थानीय कृषक फागुलाल राजवंशी बताउँछन । उनले राज्यले यस खेती तर्फ चासो नदिएकै कारण लोप भएको बताए । झापामा जुट मिल नभएकाले टाढा-टाढा लगेर सस्तोमा बेचेर आउनु परेको उनको गुनासो छ।
कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र राजवंशी भन्छन् “गत बर्ष हामीले सनपाटको बीउबिजन पनि वितरणसमेत गरेका थियौं, अब यसलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भन्नेबारे गाउँपालिकाले सक्दो प्रयास गरिरहेका छौं” , अब चाँडै यसको निष्कर्ष निकालेर हामी यसबारे कार्यक्रम लिएर आउने राजवंशीले भने ।