Search
Close this search box.
Search
Close this search box.

वडाको छाप र अध्यक्षको हस्ताक्षर किर्ते आरोपमा पाँच जना पक्राउ

मोरङको रतुवामाई नगरपालिकाका ५ जनालाई सरकारी छाप दस्तखत किर्ते गरेको आरोप प्रहरीले पक्राउ गरेको छ ।

रतुवामाई–४ का ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ की झरियादेवि राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी,  ६३ वर्षीय पैखनलाल राजवंशी र ६४ वर्षीय कन्हारुलाल केवरतलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । 

EPIC

पक्राउ परेका सबै जना एकै वडाका हुन् । उनीहरुलाई सरकारी छाप दस्तखत किर्ते गरेको आरोप पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ परेकाहरुले रतुवामाई नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष देवीलाल ताजपुरियाको दस्तखत, वडा कार्यालयको छाप र लेटरप्याड किर्ते गरी सिफारिस बनाएको आरोपमा उजुरी परेपछि पक्राउ गरिएको बताउँदै  डिएसपी दाहालले भने,‘जग्गा पास गर्नका लागि चाहिने घरबाटोको सिफारिसपत्र किर्ते गरेको पाइएपछि उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । सिफारिस पत्रको सबै कुरा किर्ते रहेको र पत्रको चलानी नम्बरसमेत नमिलेको भेटिएको छ ।’

३ नम्बरका वडाध्यक्ष देवीलाल ताजपुरियाले पक्राउ परेकाविरुद्ध सरकारी छाप दस्तखत किर्तेमा जाहेरी दर्ता गराएका छन् । मालपोत कार्यालयमा जग्गा पास गर्दा घरबाटोको सिफारिस चाहिने हुन्छ । उनीहरुले सोही सिफारिस पत्र नै किर्ते गरी मालपोत कार्यालय रंगेलीमा पेश गरेपछि घटना बाहिरिएको डिएसपी दाहालले बताए ।

पक्राउ परेकाहरुले मालपोत कार्यालयमा सिफारिस पत्र दिँदा कार्यालय प्रमुखलाई शंका लागि सम्बन्धित कार्यालयमा बुझ्दा सिफारिस पत्र नदिएको खुलेपछि प्रहरीलाई खबर गरेको डिएसपी दाहालले बताए । पक्राउ परेकाविरुद्ध सरकारी छाप दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता भएको छ । 

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरुबीच कै जग्गा उनीहरुबीचमै कारोबार हुन लागेको देखिए पनि थप अनुसन्धान हुन बाँकी रहेको बताउँदै, डिएसपी दाहालले भने,‘घरबाटो जस्तो साधारण सिफारिस किन र केका लागि किर्ते गर्नुपरेको हो अनुसन्धानका क्रममा खुल्ने भएकाले अहिले यस कारण हो भन्न सकिएन ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *