Search
Close this search box.
Search
Close this search box.

“वडामै भत्ता आउँछ” भन्दा पत्याएनन् बुद्धशान्तिका वृद्धबृद्धाले

बिष्णुप्रसाद लामिछाने/बुधबारे। दशैं अघि सामाजिक सुरक्षा भत्ता नआएपनि तिहार आउनै लाग्दा बैंकमा पैसा आएको खबर पाएर बिहान ७ बजे बुद्धशान्तिका दिपक कुमार दर्जी बैंक अगाडि पुगे।

७१ बर्षिय दर्जी भत्ता लिन जानेको लर्को हेरेर अपरान्ह ३ बजेसम्ममा पनि आफ्नो पालो आउनेमा शंका गर्दै लाइनमा उभिएका थिए।

EPIC EPIC EPIC

वडा नम्बर ४ कि सुकमाया माझी भने बर्ने-कालिखोला सडक खण्डको बिसौनीमा ट्याक्सी कुर्दै बसेकी थिईन।
एकल महिलाको भत्ता लिन निस्किएकि माझीलाई आज भाडाको खर्च मात्रै हुने होकि भन्ने पिर छ।
“घरमा साधन छैन,एक्लो मान्छे हुँ, काम धन्दा सकेर निस्कन पर्यो बैंक पुग्दा पालो आएन भने खर्च मात्रै भएन?” उनले प्रश्न गरिन।

दर्जी र माझी मात्रै होइन सुरक्षा भत्ता पाउने बुद्धशान्ति वासीहरु यतिबेला आफ्नो खाता रहेको बैंकमा बिहानैदेखि लाइन लागेका छन्।लाइनमा उभिएका कतिपयलाई घरमै भत्ता पुग्दा मासिने डर छ भने धेरैलाई बिश्वास नलागेको तर्क राखे।

बुद्धशान्ति गाउँपालिकाका अधिकांस वडाले असक्त,अपाङ्ग र असहायलाई घर-घरमै सामाजिक सुरक्षा भत्ता दिने भने पनि दशैमा भत्ता नआउँदा सेवाग्राहीहरु बैंकमा नै आउन परेको बताउँछन् ।
दशैं अघि भत्ता बैंक खातामा जम्मा नभएकाले सोमबारबाट मात्रै सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ।
कतिपय बैंकले भने हकवालालाई रकम नदिने भएपछि अशक्त र बृद्ध-बृद्दाहरु बिहानैदेखि लाइनमा बस्न बाध्य छन्।

सनराइज बैंक बुधबारे शाखाकि प्रमुख गिता खतिवडा भने वडाले स्पष्ट सुचना दिन नसक्दा समस्या देखिएको बताउछिन्।
वडा मार्फत नै भत्ता दिने कार्यक्रम हुँदाहुँदै सेवाग्राहीहरु बैंकमा आएको उनको भनाइ छ।
उनले भनिन्, ” वडामा नै हाम्रा कर्मचारीले भत्ता दिने भनेपनि ६ बजेदेखि नै बुबा-आमाहरु बैंकमा आउनुभएको छ,यता भिड बढेपछि हामी वडामा पनि गएर भत्ता वितरण गर्न त सक्दैनौं, वडाले आफ्ना जनतालाई बुझाउन पर्यो नि”।

वडा नम्बर २,५ र ६ नम्बर वडाले सुचिकृत सेवाग्राहीलाई घरमै पुर्याउने ब्यवस्था मिलाएका छन्।
तर कतिपय बृद्धबृद्धाहरु बैंकमा नै रकम सुरक्षित हुने भन्दै भत्ता पुर्याउन गएका जनप्रतिनिधि र बैंकका कर्मचारीसँग झर्किएका छन्।

के भन्छ गाउँपालिका?

अशक्त र बैंकसम्म प्रत्यक्ष पहुँच बनाउन नसक्नेहरुका लागी यो कार्यक्रम ल्याईएको बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं बताउँछन्।
बैंकको त्रैमासिक क्लोजिङ,चाडपर्व लगायतका कुरा एकैपटक परेकाले अहिले भने केहि समस्या आएको उनको बुझाई छ।

“हामि घर-घरमा बृद्धभत्ता पुर्याउने कुरामा कटिबद्ध छौं,यसपालि धेरै समस्या एकैपटक पर्नाले कठिनाई देखा पर्यो,बैंकलाई सहज पर्नसाथ अशक्त,अपांग र जेष्ठ नागरिकको भत्ता घर-घरमा पुर्याउछौ।

फरक छ वडा नम्बर १को कथा

सबै वडाले घर-घरमा बृद्धभत्ताको नारा लगाएपनि १ नम्बर वडाले यो कार्यक्रम फरक ढङ्गबाट लागु गरेको छ।
राज्यले सबै जनतालाई बैंकको पहुँचमा पुर्याउने निति बमोजिम यो कार्यक्रम लागु भएकाले वडावासीलाई बैंकमा नै जान अनुरोध गरेको अध्यक्ष अनिल वाग्लेले बताए।
उनका अनुसार अशक्त,अपाङ्ग र बैंकसम्म पुग्न नसक्ने वडावासीका लागी वडा कार्यलयले नै सम्बन्धित ब्यक्तिको बिश्वासपात्रलाई सिफारिस दिने गरेको छ।

” जसको बैंकिङ पहुँच छैन, उहाँहरुले आफ्नो हकवाला चुन्न पाउनु हुन्छ र चुनिएका हकवालालाई वडाले सिफारिस पत्र दिने गरेको छ त्यसो गर्दा कारोवार सुरक्षित हुने देखियो र अशक्त नागरिकलाई बैंकसम्म पुग्न नि परेन” उनले भने।

जनप्रतिनिधिले वाचा गरे बमोजिम काम हुने हो भने वडा भरका निश्चित व्यक्तिलाई प्रत्येक ३ महिनामा भत्ता दिने काम खासै कठिन देखिदैन।
तर बैंक, वडा र सेवाग्राही बिच समन्वय नहुँदा राम्रो काम पनि ओझेलमा पर्ने र चुनावी नाराको रूपमा मात्र भएको ठहर्नेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *