Search
Close this search box.
Search
Close this search box.

वडा नम्बर ३, कामले अब्बल बन्दै

img 20230528 121231

वि.सं २०७९ बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित भएका वडाअध्यक्ष पर्शुराम चेम्जोङ सहितका जनप्रतिनिधिले बुद्धशान्ति वडा ३ सम्हालेको एक वर्ष पूरा भएको छ । वर्ष दिनको अवधिमा वडाले वडावासीमा केही आशा भरोसा जगाउँदै सुधारका केही काम थालनी गरेर सकारात्मक परिवर्तनको सञ्चार गर्न सफल भएको देखिएको छ ।

ward 3 final

एक कार्यकाल वडा सदस्यको रुपमा अनुभव बटुलेर वडा हाँक्न आएका चेम्जोङलाई उनका सहयोगी जनप्रतिनिधिहरु नर्वदा चापागाईं बाँस्कोटा, लिलाकुमारी दर्जी, तिलनारान रिजाल, दिपक सापकोटा, वडा सचिव हरि प्रधान र कर्मचारी साथीले दरिलो साथ दिँदै आएका छन् । बुद्धशान्तिको मुटुमा रहेको बुधबारे चोक नजिकै आफ्नै भवनबाट वडा भर्खरै मात्र सञ्चालनमा आएको छ । वडालाई चिनाउने पहिलो आधार भनेकै बजार हो, त्यसैले बजारलाई थप व्यवस्थित गर्दै हामी अघि बढ्ने सोचमा छौं, चेम्जोङले भने, पूर्वाधार बिकास संगसंगै आउँदो आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, पर्यटनमा साथै लाक्षित कार्यक्रमलाई प्राथमिकता राख्दै अघि बढ्छौँ । उनले भने, –‘सबैले अनुभुति गर्ने खालको काम गरेर देखाउँछौँ ।’

EPIC

तटबन्धनमा जोड
जमिन कटान र डुवानलाई जोगाउन वडाले तटबन्धन कार्यक्रमलाई बिशेष रुपमा प्राथमिकतामा राखेको छ । प्रदेशवाट प्राप्त भएको बजेटले वडाका १० स्थानमा तटबन्धन निर्माणको काम भएको बताइएको छ । यसका अतिरिक्त वडाको वजेटबाट वडा कार्यालय हँडिया खोला छेउमा समेत तटबन्धन निर्माण हुँदै गरेको छ । कञ्चनबारी क्षेत्रमा समेत निर्माणाधिन अवस्थामा रहेको छ ।

युवालाई समेट्न खेलकुद सामग्री
खेल र खेलकुदबाट युवा वर्गलाई प्रोत्साहन गर्न करिव २ लाख रुपैंयाको बजेट छुट्याएर वडा खेलकुद समितिमार्फत खेलाडीलाई चाहिने खेल सामग्री प्रदान गर्दै आएको छ । फुटवल, भलिवल, क्रिकेट, कराँते खेलका लागि चाहिने आवश्यक खेल सामग्री प्रदान गरेर खेलाडिलाई समेट्दै छ । वडाबाट प्रतिनिधित्व गरेर अन्यत्र खेल खेल्न जाने खेलाडीलाई समेत थप हौसला प्रदान गर्दै आएको छ ।

जनस्वास्थ्यप्रति जिम्मेवार
वडाले आफ्नो बजेटबाट ५०जनालाई र गाउँपालिकाको बजेटबाट ९३ जना विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरेर स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । आगामी बर्ष स्वास्थ्य क्षेत्रमा नागरिकलाई सेवा दिन निःशुल्क स्वास्थ्यशिबिर जस्ता कार्यक्रम समेत गरिने बताइएको छ । यसै वडामा रहेको भागीरथा बुद्धशान्ति अस्पतालको संरचना निर्माण कार्य समेत धमाधम भई रहेको छ । यसका लागि समेत वडाले केही योजना बनाएर लाग्ने बताइएको छ ।

बोरिङमार्फत सिँचाई
वडाले सुख्खा हुने क्षेत्रमा बोरिङ अनुदान दिएर बाह्रैमास सिँचाईको व्यवस्था मिलाएको छ । १ लाख बराबरको ४ थान पानी तान्ने मोटर, २÷२ लाख लागत बराबरको ५० प्रतिशत साझेदारीमा धानको बिउ बितरण, १ लाख बराबरका २ वटा पानीतान्ने पम्पसिट बितरण गरिएको छ । यसरी हेर्दा अन्नको भण्डारका रुपमा लिइने यस वडामा सिँचाईमा सहज भएकाले कृषि क्षेत्रमा किसानमा केही आशा पलाएको बुझ्न सकिन्छ । आउँदो आवमा समेत कृषिलाई बिशेष प्राथमिकतामा राख्ने बताइएको छ ।

शिक्षामा प्राथमिकता
वडाले आफ्ना वडाका विद्यालयहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न नवकिरण आधारभूत विद्यालय, शिशुसुधार आधारभूत विद्यालय र प्रतिभा बालबिकास केन्द्रलाई विद्यालयको सुधार, फर्निचर खरिद तथा भवन निर्माण मर्मत सम्भारका साथै शैक्षिक सामग्री खरिदमा जोड दिएको छ । यसका साथै शिक्षक कर्मचारीलाई पेसाप्रति जिम्मेवार बनाउन थप सहयोग गर्दै आएको छ ।

महिला लक्षित कार्यक्रम
वडाले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका महिलालाई जीवनस्तर उकास्न विभिन्न किसिका तालिमहरु प्रदान गरेको छ । २ लाख ५० हजारको बजेटले ३० जना महिलालाई व्यटीपर्लर तालिम दिइएको छ । दलित कोटामार्फत १७ जनालाई १ लाख बराबरको व्युटीपार्लर तालिम दिइयो । यसका साथै आदिबासी जनजातिकोटाबाट २ लाख वजेट छुट्याएर मोटरड्राइङि तालिम गर्ने प्रकृया अघि बढी सकेको वडा अध्यक्ष चेम्जोङले बताए । १५ जनालाई कम्प्युटर तलिम समेत दिने योजना वडाले बनाएको छ ।

अरु केके काम भए ?
अपाङ्गता भएका व्यक्तिका लागि शिप बिकास कार्यक्रम, जनजाति बिकास कार्यक्रम, दलित विकास कार्यक्रम, महिला विकास कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, स्वास्थ्य सचेतना कार्यक्रम, विभिन्न मठमन्दिर निर्माणमा सहयोग, सडकबत्ती जडान तथा मर्मत, बिजुलीको पोल खरिद जस्ता कार्यहरु सम्पन्न गरिसकेको वडा कार्यलयले बताएको छ ।
प्रस्तुति ः तीर्थ तिम्सिना

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *