वनका कर्मचारी सवार गाडी मध्यरातमा दुर्घटना, विहानमात्र प्रहरीलाई खबर

कपिलवस्तुस्थित तिलौराकोट साझेदारी वनको (स्कारर्पियो) सवारी दुर्घटनाको विषय रहस्यमय बन्दै गएको छ ।गत असार २९ गते मध्यरातमा ०२५ च ००४९ नम्बरको स्कारर्पियो कपिलवस्तु नगरपालिका वडा नं. ६ बर्मेलीको एक कल्भर्टमा ठोक्किएको थियो ।उक्त स्कार्पियोमा डिभिजन वन कार्यालयका कर्मचारी सवार रहेको स्रोतको दाबी छ । स्रोतको दाबी अनुसार मध्यरातमा गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो । स्कारर्पियो दुर्घटनामा परेको थाहा पाएपछि दुर्घटनास्थलमा वरपरका गाउँले आइपुगेका थिए ।

प्रत्यक्षदर्शीको भनाई अनुसार स्कारर्पियोमा सवार सबै जनाले मदिरा सेवन गरेका थिए । ती प्रत्यक्षदर्शीले बताए अनुसार गाडीमा वन कार्यालयका विशिष्ट व्यक्ति थिए । उनले व्यक्ति को थिए चिनेपनि डरको कारण व्यक्तिको नाम बताउँन चाहेनन् ।

EPIC EPIC EPIC EPIC EPIC

स्रोतका अनुसार उक्त गाडी कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९ को एक वनका अध्यक्षसहित रात्रीकालिन बसाई सकेर तौलिहवा फर्कदै थियो । तौलिहवा वनका कर्मचारी पुर्‍याउने क्रममा गाडी दुर्घटनामा परेको स्रोतले बतायो ।तिलौराकोट साझेदारी वनका अध्यक्ष जयप्रकाश पाण्डेयले आफूहरु चढ्ने गाडी दुर्घटनामा परेको स्विकार गरे ।‘गाडी एक कल्भर्टमा ठोक्किएको हो । समय चाहीँ रातको ९/१० बजेको बीचमा हो, उनले भने’, ‘म छोरीको विहेको कारण तीन दिन विदामा थिए । अरु विषयबारे जानकारी छैन् ।’

उनले वन हेरालुलाई सम्बन्धित क्षेत्र पुर्‍याएर फर्कने बेला गाडी दुर्घटनामा परेको बताए ।उनले यसो बताएपनि यो गाडीमा वन कर्मचारी र वनका पदाधिकारी बाहेक अरु चढ्नु ‘आकाशको फल, आखाँतरी मर्’ जत्तिकै असम्भव कुरा हो ।त्यही पनि त्यसदिन अत्याधिक बर्षा भएको कारण वन हेरालु सम्बन्धित ठाउँ गए होलान् भन्ने विश्वास गर्न सकिदैँन् । अर्को कुरा दुर्घटना भएको स्थान र वन क्षेत्रसँगको साइनो नै मिल्दैन् ।

‘आगलागीको उच्चतम विन्दुमा समेत प्रभावकारी काम हुन नसकेको यो साझेदारी वनमा यो बर्षातको बेला वन हेरालुलाई गाडीको सहायताले नै कर्मचारी खटनपटन गरेहोला भन्ने विश्वास गर्न सकिदैँन्’, स्थानीय भन्छन् ।साझेदारी वनका अध्यक्ष पाण्डेयले गाडी रातको ९/१० बजेको समयमा दुर्घटना भएको बताएपनि वडा प्रहरी कार्यालय तौलिहवालाई भने विहान मात्र जानकारी पुगेको थियो । जुनसुकै दुर्घटना हुँदा वित्तिकै नजिकैको प्रहरीलाई खबर गरिन्छ । तर यहाँ विहान मात्र जानकारी दिनु अर्को रहस्य देखिन्छ ।कि त मध्यपानले लठ्ठिएको कारण त्यसै रात प्रहरीलाई जानकारी दिइएन्, या त प्रहरीलाई जतिबेला भने पनि मिलाउन सकिन्छ भनेर सोचियो, घटनाले यस्तै तथ्य माग्छ ।

गाडी दुर्घटनाको प्रकृति हेर्दा अगाडीको भागमा क्षति पुगेको छ । वडा प्रहरी कार्यालय तौलिहवाका वरिष्ठ प्रहरी नायव निरिक्षक ज्ञान प्रसाद ज्ञवालीका अनुसार विहानपख प्रहरी घटनास्थल पुगेको हो । क्रेनको सहायताले गाडीलाई मर्मतका लागि अन्यत्र लगिएको जनाइएको छ ।

घटनालाई मिलाउनका लागि अर्को दिन वनका कर्मचारी दौडधुपमा लागि परेको स्रोत बताउँछ । स्रोत भन्छ, ‘वनका ठूलै व्यक्ति गाडीमा सवार रहेछन्, गाडी मध्यरातमा दुर्घटनामा परिहाल्यो, मिलाउँन त पर्‍यो ।’

गाडी मर्मत गर्दा लाग्ने खर्च इन्स्यौरेन्सबाट भुक्तानी गर्नका लागि विहान मात्र प्रहरीलाई खबर गरिएको स्रोतको दाबी छ । दुर्घटनाबाट मानवीय क्षति भने नभएको अध्यक्ष पाण्डेयले मायादेवीलाई बताए । यो स्कारर्पियो दुर्घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान गर्न जरुरी छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *