वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। लामो समयदेखि दमको रोगबाट पीडित उनको गए राति निधन भएको हो।
सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी खाती पहिलो पटक सन् १९६२ मा काठमाडौँ आएकी थिइन्। काठमाडौँ आएका बेला उनले गीत गाएको सुनेर सङ्गीतकार शिवशङ्कर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए। त्यसपछि उनले नेपाली गीत गाउन थालेकी थिइन्।
अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गरेकी छन्। सङ्गीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उनले गीत गाएकी छन्। उनले एक सय ५० भन्दा धेरै नेपाली गीत गाएको बताइन्छ।



















