वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन

भक्तपुर – वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा निधन भएको छ। राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्षसमेत रहेका बस्नेतको आज बिहान हृदयाघातका कारण निधन भएको हो।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा आज बिहान उनको निधन भएको हो।

EPIC EPIC EPIC EPIC EPIC

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सचिव सुशील बस्नेतका अनुसार स्वर्गीय बस्नेतको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका बस्नेत ‘पुनर्जागरण साप्ताहिक’ का संस्थापक सम्पादक थिए। उनी स्वर्गीय गणेशमान सिंहसँग निकट रहँदै लामो समय राजनीतिमा सक्रिय थिए। बस्नेत गणेशमान सिंह स्मृति बाटिकाका अध्यक्षसमेत थिए।

२०१७ सालदेखि सक्रिय राजनीतिमा रहेका बस्नेतले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए। सोही क्रममा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो। २०४६ सालको प्रजातान्त्रिक आन्दोलन सफल भएपछि मात्र उनी जेलमुक्त भएका थिए।

स्वर्गीय बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *