वर्षाबाट सामान जोगाउन निस्कँदा चट्याङ लागेर महिलाको मृत्यु

खोटाङ । चट्याङ लागेर खोटाङमा एक महिलाको ज्यान गएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका –७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर मृत्यु भएको हो ।

शनिबार बिहान घरको आँगनमा राईलाई चट्याङ लागेको स्थानीयको भनाइ छ ।  विहान करिब ४ बजेको समयमा दिलकुमारीलाई चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

EPIC EPIC EPIC

पानी परेर सामान भिज्न थालेपछि उठाउन भन्दै घरको आँगनमा निक्लिएको समयमा दिलकुमारीलाई चट्याङ लागेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रतिक बिष्टले बताउनुभयो । 

चट्याङ लागेर घटनास्थलमै ज्यान गएपछि स्थानीय जनप्रतिनिधिले शनिबार बिहान ७ः३० बजे प्रहरीलाई खबर गरेका थिए । खबर आएलगत्तै इलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी टोली घटनास्थल गएको छ । 

घटनास्थल पुग्न करिब २ घण्टा लाग्ने डिएसपी बिष्टले बताउनुभयो । आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्लाबाट प्रहरी निरीक्षकको टोली पनि घटनास्थल जाँदै गरेको उहाँको भनाइ छ । जिल्लाबाट प्रहरी पुगेपछि पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइने बताइएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *