वर्षाले डाइभर्सन बगाएपछि झापामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


झापा — गएराति भएको अविरल वर्षाका कारण झापामा पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डमा डाइभर्सन बगाएर यातायात अवरुद्ध भएको छ। एसियन हाईवेअन्तर्गत निर्माणाधीन सडकमा बनाइएका अस्थायी डाइभर्सनहरू बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिएका छन्।

काँकडभिट्टाको काली खोलामा डाइभर्सन पूर्णरूपमा बगाउँदा सो खण्डमा सम्पूर्ण यातायात ठप्प भएको छ। ट्राफिक प्रमुख पौडेलका अनुसार अवरुद्ध क्षेत्रको स्थलगत निरीक्षणपछि वैकल्पिक मार्ग प्रयोग गरेर सवारी आवागमन सुचारु गर्ने प्रयास भइरहेको छ।

EPIC EPIC EPIC

यस्तै, मेचीनगर–धुलाबारी खण्डको एक कल्भर्ट नजिक सडक भासिँदा समस्या देखिएको छ। त्यहाँ डाइभर्सन मर्मतका लागि एक्साभेटर प्रयोग गरी माटो पुरेर एकतर्फी रूपमा सवारी चलाइएको छ।

त्यस्तै, बुट्टावारी–चारआली सडकखण्डमा पनि डाइभर्सन बगाउँदा सवारी आवागमनमा समस्या आएको छ। लगातारको वर्षाले बाटोहरू जोखिमपूर्ण बनेको ट्राफिक प्रहरीको भनाइ छ।

प्रहरीले यात्रुहरूलाई आवश्यक परेमा वैकल्पिक मार्ग प्रयोग गर्न र जोखिमपूर्ण क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *