वसन्त कुँवर भए नेपाल प्रहरीका आईजीपी

screenshot 20230324 172429 chrome

काठमाडौं – सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा वसन्त कुँवरलाई नियुक्त गरेको छ। शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक बन्नेछन्। प्रहरी महानिरीक्षकका पाँच प्रतिस्पर्धीमध्ये कुँवर वरियतामा पहिलो नम्बरमा थिए।

EPIC EPIC EPIC EPIC EPIC EPIC

५ चैत २०५१ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कुँवर वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा हुँदा एक नम्बर वरीयतामा बढुवा भए।

मन्त्रिपरिषद् बैठकले ६ चैतमा कुँवरसहित ५ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो। १८ वैशाख २०७९ मा आईजीपी नियुक्त भएका धीरजप्रताप सिंह भोलिदेखि सेवानिवृत्त हुँदै छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *