वायुसेवा निगमका दुईवटै ट्वीनअटर विमान नियमित उडानमा

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा दुईवटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन् ।

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाई नाइन एन एबिटी र नाइन एन-एबीयु विमान पूर्ण रूपले सञ्चालनमा आएका हुन् । निगमका यी दुवै ट्वीनअटर विमान लामो समयदेखि ग्राउण्डेड हुँदा दुर्गम क्षेत्रका यात्रु मर्कामा परेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

ट्वीनअटर विमान नियमनकारी निकाय तथा विमान निर्माता कम्पनीको मापदण्डअनुसार नियमित मर्मतसम्भार सम्पन्न गर्नुका साथै दुईवटै नयाँ इञ्जिन परिवर्तन गरिएको उनले जानकारी दिए । नियामकीय जाँच सम्पन्न भएपश्चात् वैशाख २९ गतेदेखि पूर्णरुपमा नियमित उडान तालिकाअनुसार सञ्चालनमा आएको डाँगीले बताए ।

यस कार्यले दुर्गम भेगका नागरिकहरूमा सहज, सुलभ, मितव्ययी हवाई सेवाको पहुँचमा वृद्धि हुने निगमको विश्वास छ । आगामी दिनहरूमा पनि विगतमा झैँ यात्रुहरुको गुणस्तरीय सेवा र सुरक्षालाई उच्च प्राथमिकता राखी उडान सञ्चालन गर्न निगम सदैव प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

निगमका प्रवक्ता डाँगीले हरेक दिन एक विमानले कम्तीमा चार उडान गर्नेगरी नयाँ उडान तालिका बनाएर आन्तरिक उडानलाई प्रभावकारी बनाइने उल्लेख गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *