Search
Close this search box.
Search
Close this search box.

वायुसेवा निगमका विमान चालककै शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौं। नेपाल वायुसेवा निगमका चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कल भएको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

२०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेनमा नियुक्त भइ आठौं तहमा विमान चालकमा बढुवा भएका चालक शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि अनुसन्धान गर्दा पेस गरेको प्रमाणपत्र नक्कली भएको पाइएको अख्तियारले जनाएको छ ।

EPIC EPIC EPIC

उनले भारतको सेकेन्डरी एजुकेशन काउन्सिल उत्तर प्रदेश अन्तर्गत भिएकजे इन्टर कलेज सराहरी गोरखपुरबाट प्रविणतापत्र तह (२००३) प्रभाइभेट परीक्षा प्रथम श्रेणीमा उत्तीर्णसहितको जुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी विमान चालकको हैसियतमा लाभ लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५१ को दफा १६ को उपदफा १ बमोजिम सजाय हुन मागदाबी लिए बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । हेमालयन टाइम्स

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *