वायु प्रदूषण नियन्त्रणमा चासो देउ

पछिल्लो समय प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । करिव दुईसाता अघिदेखि देशभर नै वायु प्रदूषण उच्च रहेको विभिन्न सञ्चारमाध्यमले प्रकाशन गर्दै आएका छन् । देशको संघीय राजधानीका रुपमा रहेको काठमाण्डौ सहर यतिबेला सबैभन्दा प्रदूषित सहरका रुपमा मात्रै गणना भएको छैन, विश्वमै पहिलो र दोस्रो प्रदूषित सहरका रुपमा समेत लिन थालिएको छ । प्रदूषणका धेरै कारणहरु छन् । हावा प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धुलो मानिन्छ । कलकारखाना या जंगलको डढेलोबाट तमाम किसिमका हानिकारक तत्व हावामा मिसिन्छन्, जसले पर्यावरणमा प्रदूषण फैलाउँछन् । जब जंगलमा आगो लाग्छ त्यसबाट वनजंगल डढेर खरानी हुन्छ र यही खरानी जब हावामा मिसिन्छ प्रदूषण फैलिन्छ । दोस्रो सबैभन्दा ठूलो कारण आवादी बढ्नु हो । बढ्दो आवादीसँगै मानिसका आवश्यकता पनि बढ्छन् । खाद्यान्नदेखि सवारीसाधनसम्मको उपयोग बढ्छ । जसले गर्दा वातावरणमा तीव्र प्रदूषण बढ्छ र मानिस अनेकौँ रोगको सिकार बन्छ । वायु प्रदूषणका कारण दिनप्रतिदिन मानवीय स्वास्थ्य बिग्रँदो छ । अनि पर्यावरणमा पनि यसको नराम्रो प्रभाव पर्दो छ । प्रदूषणले ओजोन तहलाई पातलो गराउँछ । सवारीसाधन एवं कलकारखानाको चिम्नीबाट धुवाँको मुस्लो निस्किरहेको देखिन्छ । यसले वातावरण प्रदूषणमा मुख्य भूमिका निभाइरहेको छ । बितेका बर्षहरुलाइृ हेर्ने हो भने हिउँदे वर्षा हुने घटिरहेको छ । जसका कारण पनि वातावरणमा प्रदूषणको मात्रा बढेको पाइन्छ ।

वायु प्रदूषण दम र फोक्सोका रोगीहरुका लागि निकै घातक मानिएको छ भने आँखा, नाक र घाँटीमा समेत विभिन्न प्रकारका स्वास्थ्य समस्या निम्त्याउनमा त्यो मूल कारक बन्ने गरेको छ । छालामा समेत सोझै असर गर्नेमात्रै नभई हृदयरोगदेखि दीर्घकालीन रोगसँग जुधिरहेका व्यक्तिहरुसम्म त्यसको प्रत्यक्ष निसानामा पर्न सक्ने खतरा उत्तिकै छ । त्यस अर्थमा समेत वायु प्रदूषणका कारण बढी नै प्रभावित रहन सक्ने बालबालिकादेखि वृद्धवृद्धासम्म, गर्भवतीदेखि दीर्घरोगीसम्मलाई यस्तो विषम परिस्थितिमा सुरक्षाको अपरिहार्यता पहिलेभन्दा बढ्न गएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको छ । आधुनिकताको नाममा जथाभाबी गरिने उत्खनन, भौतिक विकास, मोटर गाडी खरिद गर्ने होडबाजी, प्रदूषण गर्ने व्यक्ति तथा निकायमाथि कमजोर अनुगमन, कानुनको अपर्याप्त कार्यान्वयन, नागरिकमा प्रशस्त जानकारीको अभाव आदिका कारण वायु प्रदूषण न्यूनीकरण जटिल बन्दै गएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

वायु प्रदूषण व्यवस्थापन तीनै तहका सरकारको प्राथमिकताको विषय बन्न अझैपनि सकेको छैन । नागरिक समाजसँग पनि पर्याप्त जानकारीको अभावमा उनीहरू सव्रिmय बन्न सकिरहेका छैनन् । वायु प्रदूषण रोकथाम र न्यूनीकरणका लागि सहभागितामूलक विधि र प्रव्रिmया अवलम्बन गर्नुपर्छ । यसले नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारी आदि क्षेत्रमा पु¥याएको क्षतिबारे सरोकारवाला सबैलाई ज्ञान हुनु आवश्यक छ । प्रदूषण न्यूनीकरणका लागि नागरिक सचेतना, शिक्षा आवश्यक छ । विशेष गरी स्थानीय स्तरका फोहोरमैला व्यवस्थापन गर्नुपर्छ । खुला ठाउँमा फोहोर जलाउने कामको नियन्त्रण हुनु पर्छ । वैकल्पिक ऊर्जाको प्रवर्धनमा ध्यान दिनु पर्छ । नीतिगत पैरवी गर्नु पर्छ । यसका लागि समुदायमा जानकारी गराउने, सकारात्मक कार्यलाई अगाडि बढाउने र सरकारको कामको अनुगमन गरी जवाफदेहिता खोज्ने काम नागरिक समाजको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *