झापा – स्थापनाको छैठौं वार्षिकोत्सवको अवसर पारेर दारी ग्याङ झापाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार झापाको दमकमा एक कार्यक्रमको आयोजना गर्दै रक्तदान गरेको हो । दारी ग्याङको छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा देशको विभिन्न स्थानमा विविध कार्यक्रमहरु भइरहेको अवस्थाम झापामा पनि आयोजना गरिएको हो ।

झापाको दमकस्थित गणतन्त्र चोकमा भएको रक्तदान कार्यक्रममा ५ महिला सहित जम्मा ३५ पिन्ट रगत संकलन भएको दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले बताए छन् ।
