वासिङ्टनमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या


अमेरिकाको वासिङ्टनमा रहेको यहुदी संग्रहालयबाहिर इजरायली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले यसको पुष्टि गरेकी छन्।

स्रोतहरूले बीबीसीको भगिनी च्यानल सीबीएसलाई बताएअनुसार घटनामा एक पुरुष र एक महिलालाई गोली लागेको छ।

EPIC EPIC EPIC

क्यापिटल यहुदी संग्रहालयमा आयोजित कार्यक्रममा भाग लिएर बाहिर निस्किँदै गर्दा उनीहरूलाई गोली हानिएको थियो। 

स्रोतहरूले आक्रमण योजनाबद्ध तरिकाले गरिएको देखिएको बताएका छन्।

यो गोलीकाण्ड स्थानीय समयअनुसार राति ९:०५ बजेतिर एफ स्ट्रिटमा भएको हो।

यो त्यस्तो क्षेत्र हो जहाँ धेरै पर्यटकीय स्थल, संग्रहालय र सरकारी भवन छन्। यसमा एफबीआई फिल्ड अफिस पनि छ।

रिपोर्टहरूका अनुसार गोलीकाण्डका बेला इजरायली दूतावासका धेरै कर्मचारी संग्रहालयको कार्यक्रममा उपस्थित थिए।

संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले उक्त घटनालाई ‘यहुदीविरोधी आतंकवाद’ भनेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च