- राम आचार्य
नागरिकता भनेको त्यो देशको राष्ट्रियता र पहिचानसँग जोडिएको आत्मिक दस्तावेज हो । न कि सित्तैमा वा सस्तोमा पाइने कागजको टुक्रा हो ? प्रायः देशले आफ्नो राष्ट्रियता, राष्ट्रिय धर्म र पहिचान बोकेका ब्यक्तिलाई मात्र त्यो देशको सर्वाेच्च स्थान (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका प्रमुख) प्राप्त गर्ने अवसर दिन्छन् ।
तर बिडम्बना ! नेपालमा कथित राजनेता भनौदाहरु बिदेशीसँग विहे गरेकै दिन नागरिकता दिन योग्य कानुन लागू गरि नेपालको सार्वभौम शक्ति सुम्पन तत्परता देखाउनु दुख लाग्दो मात्र होइन निन्दनीय कुरा हो । ई. स.१९५०तिर एक ब्यक्ति (ईटालिय फिल्म डाइरेक्टर) हिन्दुस्थान आएर लामो समय बसे । बस्ने क्रममा एकजना हिन्दु सोनालि नामकी नारीसँग मायाँ प्रिति बस्यो, अन्त्यमा उनीहरु वैवाहिक बन्धनमा बाँधिएर इटाली फर्के ।
१५वर्ष पछि इटालीको कानुन अनुसार नागरिकता प्राप्त गरिन् ती महिलाले । त्यस पछि उनी इटालीको आँफू रहेको नगरपालिकाको चुनाव आयो र चुनावमा भाग लिन ईच्छा गरिन् तर त्यहाँको निर्वाचन आयोगले मनोनयन पत्र दर्ता गर्न अस्विकार गर्याे । किन कि उनी हिन्दु नारी थिइन् र उनी भारतमा जन्मेकी बिदेशी नारी थिइन् । ईटालीको राष्ट्रियता र त्यहाँको राष्ट्रिय धर्म भन्दा फरक पहिचान भएको कारणले उनलाई इटालीको शासन र शक्तिमा जान रोक लागाइयो ।
त्यसरी नै राजिव गान्धी इटालीमा पढ्न गएको बेला सोनिया नामकी इटालियन केटीसँग प्रेम बस्यो, अन्त्यमा बिहे भयो र उनीहरु पनि भारत फर्किए । सोनियाले पनि भारतको कानुनले तोकेको समय पछि नागरिकता त दियो तर राजकीय अधिकार दिन सकेन ।
पतिको मृत्यु पछि उनी काँग्रेस आईको सदस्य लिएर भारतको राज्यशत्ताको उपल्लो तहमा जाने कयांैपटक प्रयास गरिरहेकै छिन्, तर रोक लगाइ राखेको छ । किन कि सोनियाँ भारतको माटोमा जन्मेकी नागरिक होइनन्, त्यहाँको राष्ट्रियता र राष्ट्रिय धर्ममा उनको कुनै भावनात्क सम्बन्ध छैन । अर्थात भारतको कानूनले भारतको प्रमुख (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधिश, सभामुख, स्नापति) जस्ता पद विदेशीलाई दिन रोक लगाएको छ ।
तर त्यही देश, नेपालमा उसका नागरिकसँग नेपालीले बिहे गरेसँगै नागरिकता दिनु पर्ने कानून बनाउन दबाव दिइरहेको छ । यहाँका कथित हनुमान राजनेतालाई त्यो कुरा पञ्चामृत भएको छ । उनका झोले झ्याम्टेहरु उनले देश र राष्ट्रप्रति गरेका कुकृत्यको प्वाल टाल्ने गाउँटोलसम्म कन्दनी कसेर लागिपरेको देख्दा अचम्म मान्नु पर्ने पनि देखिदैन ।
तर अब राष्ट्रियता र सार्वभौम जोगाउने हो भने राष्ट्रवादको नक्कली खोल ओडेका दलहरुको चङ्गुलबाट देशलाई मुक्त गर्न आगमी चुनावमा होसियायरीका साथ “स्वदेशी बन नेपाली भन सम्भाल नेपाल“को भावनालाई आत्मासाथ गर्दै एक हातमा देशको माटो र अर्काे हातमा स्वस्तिक चिन्ह समातेर राष्ट्रियताको पक्षमा जनता स्वयंले निर्णय गर्ने सुनौलो अवसरको सहि सदुपयोग गर्न सक्नु पर्छ ।