विदेशबाट ‘बत्ती गयो’ भन्दै राति १२ बजे फोन आउँछ : उर्जा मन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले विदेशमा रहेका व्यक्तिहरूले ‘लोडसेडिङ भयो’ भन्दै रातको समयमा समेत फोन गरेर दुःख दिने गरेको गुनासो गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले राति १२ बजे समेत ‘बत्ती गयो’ भन्दै फोन आउने गरेको र त्यस्तो फोन गर्ने नम्बरहरू दोहोरिँदै आउने गरेको बताएका हुन्।

EPIC EPIC EPIC EPIC

“विदेशबाट पटक–पटक फोन आउँछ, म फोन उठाउँछु, उनीहरू भन्छन्—हामी कहाँ बत्ती गयो,” मन्त्री खड्काले भने, “त्यो ठाउँ पत्ता लगाएर बुझ्दा नेपालमा त बत्ती गएको नै हुँदैन। तर पनि भ्रम फैलाउने नियतले यस्तो गरिएको पाइन्छ।”

मन्त्री खड्काले यस्तो किसिमको दुष्प्रचारमा नलाग्न आग्रह गर्दै विद्युत आपूर्तिमा समस्या आएमा त्यसको कारणसहित सार्वजनिक सूचना दिने परिपाटी रहेको जानकारी दिए।

उनका अनुसार उत्पादनमा कमी भएर लोडसेडिङ भएको होइन, आवश्यकता अनुसार विदेशबाट विद्युत आयात गरेर पनि आपूर्ति सन्तुलनमा राखिएको छ।

उनले ऊर्जा, पर्यटन र कृषि क्षेत्रबाट नेपालको समृद्धि सम्भव रहेको धारणा पनि व्यक्त गरे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *