विदेश पठाउन नक्कली कागजात बनाउने गिरोह पक्राउ

विदेश पठाउन नक्कली कागजात, विमानस्थलमा कार्यरत प्रहरीसहित १० जना पक्राउ

नक्कली कागजातहरू बनाउने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

EPIC

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर भिजिट भिसामा विभिन्न देशमा पठाउने प्रलोभन देखाएर नक्कली कागजपत्र बनाउन संलग्न गिरोहलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

EPIC EPIC EPIC

पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एसएसपी सोमेद्रसिंह राठौरले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृति, कक्षा १२ को सर्टिफिकेट, नक्कली नाता प्रमाणित बनाउने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरूको साथबाट २९६ वटा नक्कली कागजातसहित छाप, लोगो तथा प्रिन्टिङ मेसिन बरामद गरिएको उनले जानकारी दिए ।

‘आजको मितिसम्म ९ जना पक्राउ र अहिले भर्खर एक जना पक्राउ गरेर १० जना पक्राउ परेका छन्,’ उनले भने ‘प्राप्त कागजातहरू हेरी सम्बन्धित बैंक, परीक्षा नियन्त्रण कार्यालय, स्थानीय तहबाट जारी भएका सिफारिसपत्रलगायतका कागजातहरूको बारेमा सम्बन्धित निकायलाई पत्राचार गरी प्राप्त कागजातहरूको आधारमा नक्कली कागजातहरू भएको भनी खुल्न आएको छ ।’

पक्राउ परेकामध्ये जयराम श्रेष्ठले विभिन्न व्यक्तिहरूबाट राहदानी संकलन गरी कुन-कुन कागजात बनाई दिनुपर्छ भनी बुझ्ने गरेको साथै रकमको कुरा समेत गर्ने गरेको पाइएको उनले बताए ।

पक्राउ पर्नेमा नवलपुर मध्यविन्दु नगरपालिका-५ का ४५ वर्षका जयराम श्रेष्ठ, गोरखा सिरनचोक गाउँपालिका-८ घर भई हाल टोखा बस्ने ३४ वर्षका भक्तबहादुर थापा, गोरखा बारपाक सुलिकोट गाउँपालिका स्थायी घर भई हाल रानीवन बस्ने २१ वर्षका विपीन ढकाल, गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ स्थायी भई हाल वनस्थली बस्ने २३ वर्षका अजित फेवाली रहेका छन् ।

त्यस्तै उदयपुर बेलका नगरपालिका-१ घर भई हाल पेप्सिकोला बस्ने ३० वर्षका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोक पाँचखाल घर भई हाल सिनामंगल बस्दै आएका २८ वर्षका जीवराज तामाङ, काठमाडौं-३२ का २३ वर्षका साइरस विसंखे, काठमाडौं नक्सालका ३८ वर्षका दीपक केसी र सल्यान रामपुर कालिमाटी घर भई हाल नागार्जुन नगरपालिका-३, ईचंगुनारायण, बस्ने ४२ वर्षका बलबहादुर रावतलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये जीवराम भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान हुन् ।

पक्राउ परेकाहरूले नक्कली कागजात बनाउन ५ देखि १० हजारसम्म लिने गरेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *