विदेश पढ्न जानेले १० महिनामा लगे १ खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक अध्ययनमा जानेले १ खर्ब नेपाली रुपैयाँभन्दा धेरैको विदेशी मुद्रा सटही गरेका छन् ।

वैदेशिक अध्ययनमा जानेले गर्ने खर्च रकमसँगै भ्रमण व्यय गत वर्षको तलुनामा ४४ अर्बभन्दा धेरैले वृद्धि हुँदा पनि खुद सेवा आय घाटा घटेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार खुद सेवा आय ५१ अर्ब ९२ करोडले घाटामा रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा खुद सेवा आय ६५ अर्ब ८८ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकसँग सूचना प्रविधि निर्यात मार्फत हुने आयको यकिन तथ्यांक नभएपनि सूचना प्रविधि निर्यातमा भएको वृद्धिदर पर्यटन आय उल्लेख्य रुपमा वृद्धि हुँदा खुद सेवा आया घटेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *