विदेश पढ्न जाने विद्यार्थीले लगे १ खर्ब रुपैयाँ

काठमाडौं । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले आर्थिक वर्ष ०७९र८० मा १ खर्ब रुपैयाँ लगेका छन् । सो आवमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आव ०७८÷७९ मा पढ्नका लागि विदेश जानेहरुसँगै ६७ अर्ब ७० करोड रुपैयाँ विदेशिएको थियो । विदेश जाने नेपालीले लैजाने पैसा करीब ५० प्रतिशतले बढेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

यस आवमा पढ्न जानेहरुले मात्र ३३ अर्ब रुपैयाँ बढी विदेश लगेको नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांकमा उल्लेख छ । यस आवमा नेपालबाट भ्रमणमा जानेहरुले ४४ अर्ब रुपैयाँ विदेश लगेका छन् । अघिल्लो वर्ष भ्रमणमा जानेहरुले ३० अर्ब रुपैयाँ विदेशमा खर्च गरेका थिए ।

विदेशबाट नेपाल आउने पर्यटकले गर्ने खर्च भने मात्र ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यो आव अघिल्लो आवमा ३२ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो ।

सेवातर्फ नेपाल आउने भन्दा नेपालबाट बाहिरिने रकम ठूलो हुँदा नेपालको सेवा क्षेत्र ८३ अर्ब ८५ करोड रुपैयाँ घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो घाटा अघिल्लो आवको तुलनामा भने केही घटेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *