विदेश भ्रमणमा १० महिनामा १ खर्ब बाहिरियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमै १ खर्ब रुपैयाँ बढी बाहिरिन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन १ देखि वैशाख मसान्तसम्म विदेश भ्रमणमा कूल १ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बाहिरिएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७५ अर्ब ७३ करोड रुपैयाँ बाहिरिएकोमा यो वर्ष भ्रमण शीर्षकमा ३५।३ प्रतिशतले वृद्धि भएको हो ।

EPIC EPIC EPIC

यसै अवधिमा सेवा आय ९आम्दानी० तर्फ ५१ अर्ब ८८ करोड रुपैयाँ आयात भएकोमा ५७ अर्ब ७४ करोड रुपैयाँ घाटा लागेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा सेवा आय ७७ अर्ब १८ करोडले घाटामा गएको थियो ।

शिक्षामा मात्र ७५ अर्ब बाहिरियो

कूल खर्च मध्ये वैदेशिक शिक्षा -एब्रोड मा मात्र ७५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा अवधिमा विभिन्न देशमा पढ्न जानेहरुबाट यस्तो रकम बाहिरिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु।७५ अर्ब७३ करोड रहेकोमा शिक्षातर्फको व्यय ५१ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको बैंकले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष शिक्षातर्फको खर्च ४६।३५ प्रतिशतले वृद्धि भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *