विद्यार्थीलाई नेतृत्व गर्न सिकाउँदै एम्विसन एकाडेमी

बुद्धशान्ति । एम्विसन एकाडेमी बुद्धशान्ति २ झापाले एक कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई सपथ ग्रहण तथा ब्याज वितरण गरेको छ ।

विद्यालयमा विभिन्न बिधामा नेतृत्व लिने विद्यार्थीलाई सपथ खुवाउँदै ब्याच वितरण गरिएको हो । विद्यालयका क्याप्टेन, सह क्याप्टेन, तथा विभिन्न बिधामा नेतृत्व लिने बिद्यार्थीलाई ब्याज बितरण गरिएको विद्यालयका प्रिन्सिपल इन्द्र राईले बताए ।

EPIC EPIC EPIC EPIC EPIC

विद्यालयका प्रबन्ध निर्देशक दिपेन सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज प्रविन भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकाल, पालिका सन्देशका सम्पादक तीर्थ तिम्सिना, अभिभावक गोपिकृष्ण बिमली, लक्ष्मण खड्का, कबिता गौली, सुस्मा गौली लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा स्वागत विद्यार्थी पुजा भण्डारीले गरेकी थिइन् भने संचालन सुभेक्षा ढुङ्गाना र श्रद्धा श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा अभिभावक खड्काले मन्तव्य राखेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *