विद्यार्थीलाई बलात्कार गरी गर्भ बोकाएर शिक्षक फरार

झापा। दमक नगरपालिकामा एक जना शिक्षकले विद्यार्थीलाई बलात्कार गरी गर्भ बोकाएर फरार रहेको पाईएको छ ।

दमक स्थित एक निजी विद्यालयका शिक्षकले कक्षा–७ मा पढ्ने १४ वर्षीया बालिकालाई गर्भ बोकाएर फरार रहेको पाईएको हो । ती बालिका उक्त विद्यालयको होस्टेलमा बस्ने गरेकी थिइन् ।

EPIC EPIC EPIC

इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डितका अनुसार घटनाका विषयमा जाहेरी ढिलो आएको कारण खोजी गर्दै जाँदा ती शिक्षक भारतीय भएको बुझिएको छ ।

घटनाका बारेमा हल्ला चल्न थालेपछि शिक्षक भागेर भारत छिरेको सूचना पाएको उनले बताए । विद्यार्थी यति बेला परिवारकै साथमा रहेकी छिन् । ती बालिकाको पेटमा ६ हप्ताको गर्भ रहेको बुझिएको छ । (कपुरीन्युज)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *