विद्यार्थीहरुलाई रक्सी बेच्ने बिर्तामोडका होटल साहु बस्नेत पक्राउ

विद्यालय पोशाकमा रहेका बिर्तामोडको एक विद्यालयका विद्यार्थीहरुलाई रक्सी बेच्ने होटल साहुलाई प्रहरीले पक्राउ गरेको छ ।

विहिवार बिहान १० बजे विद्यालय लाग्ने बेलामा कक्षा ९ मा अध्ययनरत विद्यालय पोशाकमै रहेका तीनजना छात्र र तीनजना छात्रालाई ब्रदर होटलका सञ्चालक बिर्तामोड ३ बस्ने ४६ वर्षीय कुमार बस्नेतले मादक पदार्थ बिक्री गर्नुभएको थियो । मातेर एकजना विद्यार्थी सिकिस्त अबस्थामा पुगेका थिए । सो विद्यालयका एक शिक्षकका अनुसार लगातार बान्ता गरिरहेका ती विद्यार्थीलाई होटलबाट अटोमा हालेर ल्याउनु परेको थियो ।

EPIC EPIC EPIC

विद्यालय परिवारले ती विद्यार्थीका अभिभावकलाई बोलाएर जिम्मा दिएको थियो भने घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो । विद्यालयका शिक्षकमार्फत इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटिएर विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने होटल साहु बस्नेतलाई नियन्त्रणमा लिएको हो ।

अभिभावकको जाहेरीका आधारमा अभद्र व्यवहार शिर्षकमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिनुभयो  /

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *