विद्यार्थी आन्दोलनमा सक्रिय रोशन भट्टराई, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्यको दौडमा

काठमाडौं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै विभिन्न उम्मेदवारी घोषणा भइरहेका छन्।

यसै क्रममा अनेरास्ववियुका केन्द्रिय कमिटी सदस्य ई. रोशन भट्टराईले केन्द्रिय सचिवालय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

विगत लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका भट्टराई २०७३ सालमा पूर्वाञ्चल क्याम्पस कमिटीको सदस्य हुँदै अनेरास्ववियुसँग जोडिए। त्यसपछिका वर्षहरूमा उनी प्रचार प्रसार विभाग प्रमुख (२०७४), सचिव पदको उम्मेद्वार (२०७५), अध्यक्ष (२०७७) हुँदै अनेरास्ववियु TSAN राष्ट्रिय कमिटीका सह-सचिव (२०७८) समेत बनेका थिए।


हाल उनी अनेरास्ववियुको केन्द्रिय कमिटी सदस्यको जिम्मेवारीमा छन्। सूचना प्रणाली इन्जिनियरिङ (इन्फर्मेसन सिस्टम इन्जिनियरिङ) मा स्नातकोत्तर (एमएससी) तहसम्मको अध्ययन गरेका भट्टराईले “एकेडेमिक्ली साउन्ड विद्यार्थीहरु अब राजनीति मा आउनुपर्छ” भन्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्।

भट्टराईले आफूले विद्यार्थीको हकहितका लागि गर्दै आएको संघर्ष र संगठनप्रतिको निष्ठा नै आफ्नो उम्मेदवारीको आधार भएको बताए। उनले भने, “देशभक्त, जनवादी र प्रगतिशील विद्यार्थीबीच व्यापक एकता आवश्यक छ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *