Search
Close this search box.
Search
Close this search box.

विद्यालयका प्रधानाध्यापक पासो लागेको अवस्थामा विद्यालयमै मृत फेला

सिरहाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजिव कुमार साह आफ्नै विद्यालयमै पासो लागेको मृत अवस्थामा फेला परेको छ ।

विद्यालयमा प्रधानाध्यपकको खोजी भएपनि धेरै समयसम्म फेला नपरेपछि खोज तलास गर्ने क्रममा आफ्नै विद्यालयको तेस्रो तल्लामा रहेको सभाहलमा सलमा पासो लागेको अवस्थामा उनको शव भेटिएको हो ।

EPIC

आइतबार बिहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय साहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान कैची गेटको साचो मागेका थिए । आफू रिचार्ज कार्ड किनेर आएपछि प्रअलाई खोजी गर्दा नभेटेपछि कतै गएको होला भन्ने ठानेर खोजी नगरेको उनले‍ बताए ।

केहीबेरमा कैची गेटको भित्रबाट ताला लागेको देखेर अर्को साचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा साहको शव फेला परेको त्यहाँ कार्यरत एक शिक्षकले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *