काठमाडौं। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिटी जुलुस निकालेका छन्।
नेपाल शिक्षक महासंघको अगुवाइमा केही दिनदेखि काठमाडौंमा जारी आन्दोलनलाई सशक्त बनाउँदै आज शिक्षकहरूले सिटी बजाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।शिक्षकहरूले सरकारले चैत्र २५ गतेसम्म माग पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनीसमेत दिएका छन्।
गुणस्तरीय र समावेशी विद्यालय शिक्षा, विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन जारी गरिनुपर्ने माग राख्दै देशभरका शिक्षकहरू २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन्।