विद्यालय शिक्षा ऐन जारी नभए भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौं। नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि फेरि आन्दोलन गर्ने घोषणा गरेको छ। बिहीबार बसेको महासंघको बैठकले शिक्षा ऐन जारी नगरेको भन्दै सरकारसँगको सहमति कार्यान्वयनको माग गर्दै चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार सरकारले शिक्षा ऐन जारी गर्न दिएको समयसीमा आज सकिँदैछ। तर समयभित्र ऐन नआएको भन्दै आन्दोलन अपरिहार्य भएको बताए। उनका अनुसार आन्दोलनको कार्यक्रम महासंघको आन्दोलन परिचालन समितिले तयार गरी राष्ट्रिय समितिबाट पारित गरिनेछ।

EPIC EPIC EPIC EPIC EPIC

यसअघि आन्दोलनको रणनीति तय गर्न महासंघले भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको छ। अध्यक्ष सुवेदीले शिक्षा समितिमा छलफल भइरहेको विधेयकमाथि आफूहरू अनभिज्ञ रहेको बताए। उनले प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै त्यसले उठाएका विषयहरूको समीक्षा गरिने जानकारी दिए।

बैठकमा सरकारसँग भएको सहमतिपछि अहिलेसम्मको अवस्था र संभावित विधेयकबारे समीक्षा गरिएको थियो। सुवेदीका अनुसार प्रस्तावित विधेयकले समग्र शिक्षक–कर्मचारीलाई सन्तुष्ट बनाउन र विद्यालय शिक्षाका समस्याको समाधान गर्न सक्ने अवस्था देखिएको छैन। महासंघले यसअघि पनि चैत २० गतेदेखि २९ दिनसम्म लामो शैक्षिक आन्दोलन गरेको थियो।

यता, महासंघको आन्दोलनको तयारी भइरहेका बेला प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बसिरहेको छ। सो बैठकले नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निस्क्रिय हुने, र शिक्षकको बढुवा जेष्ठता, कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनका आधारमा गर्ने लगायतका प्रस्ताव पारित गरेको छ।

त्यस्तै, कार्यसम्पादन मूल्याङ्कनको न्यूनतम आवश्यक अंक घटाएर ८० बनाउने प्रस्तावसमेत पारित गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *