विद्या निकेतन सेकेन्डरी स्कुलको २३ औं वार्षिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

कचनकवल। नेपालकै होचो भूभागमा आफ्नो बेग्लै पहिचान बनाउन सफल कचनकवल गाउँपालिका – ६ स्थित विद्या निकेतन सेकेण्डरी स्कुलले २३ औं वार्षिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविचन्द्र ओझाको अध्यक्षता , एनप्याब्सन केन्द्रीय सदस्य सञ्जीव राईको प्रमुख आतिथ्यता तथा झापा क्षेत्र नम्बर ३ का पूर्व प्रतिनिधि सभा सदस्य बसन्त बानियाँको विशिष्ट आतिथ्यता, इलाका प्रहरी कार्यालय बनियानीका इन्चार्ज दिवस कुमार कार्की र छिमेकी विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरूको आतिथ्यमा बिहीबार (हिजो) कार्यक्रम सम्पन्न भएको हो। 

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोबिन्द राजवंशीले विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो। 

कार्यक्रममा विभिन्न जातजातिलाई समेट्दै विद्यालयमा अध्ययनरत छात्रछात्राले सांस्कृतिक नृत्य तथा गायन कला प्रस्तुत गरेका थिए।

यसैबीच, विद्यालय अन्तर्गत रहेको थर्ड आई क्लबले भाग्यशाली लक्कीड्र पनि गराएको थियो, जसमा साइकललगायत विभिन्न आकर्षक उपहारको व्यस्था गरेको थियो। कार्यक्रम सञ्चालन प्रकाश खतिवडा र मनिष बरालले गर्नुभएको थियो। 


कार्यक्रममा राजनैतिक दलका प्रमुख प्रतिनिधि, शिक्षक, विद्यार्थी, पत्रकार ,अभिभावकलगायत स्थानीय बासीको उपस्थिती रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *