विद्युत महसुल नबुझाउने ७ कार्यालयको लाइन काटियो

नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेको छ।

धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक-पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ। 

EPIC EPIC EPIC EPIC EPIC

विद्युत प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २ सय ५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ। जसमा विभिन्न सात कार्यालयसमेत रहेका छन्। 

लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम १ करोड ५३ लाख ४९ हजार ३ सय ६५ रुपैयाँ रहेको जनाइएको छ।

वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि १ सय ८० ग्राहकले महसुल बुझाएका छन्। 

एक महिनाको अवधिमा ती ग्राहकबाट ७८ लाख ३७ हजार ४ सय ९१ रुपैयाँ विद्युत महसुलबापतको रकम असुली भएको उनले जानकारी दिए।

धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ। ती सात कार्यालयले ६ लाख २ हजार ६ सय ७ रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रको तथ्यांकले देखाएको छ। 

लाइन काटिएका सरकारी कार्यालयबाट १ लाख ४८ हजार ६ सय ४० रुपैयाँमात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिए। धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन्। 

वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ। विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ।

लाइन काटेको छ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको जनाइएको छ। रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *