विनयीखोलाको बाढीले यात्रुबाहक बस बगायो, ३८ यात्रुको सकुशल उद्धार

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ। बिहीबार राति भे १ ख ४०८५ नम्बरको यात्रुबाहक बस खोलाको बीच भागबाट बगाएको हो।

बसमा सवार तीन बालबालिकासहित ३८ जना यात्रु सबै सकुशल छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार यात्रुहरूलाई तत्कालै उद्धार गरिएको हो।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरी, स्थानीयको सहकार्यमा उद्धार कार्य सञ्चालन गरिएको थियो। घटनास्थलमा तत्कालै उद्धार टोली परिचालन गरिएपछि यात्रुहरूलाई खोलाबाट सुरक्षित स्थानमा निकालिएको डीएसपी नेपालले जानकारी दिए।

पूर्वबाट बर्दियातर्फ गइरहेको सो बस बाढीको कारण फसेर करिब एक किलोमिटर तलसम्म बगिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बस फसेको देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। तत्कालै उद्दार टोली पुगेको र जेसेभीको सहायताले उद्धार गरिएको थियो। घटनास्थलमा रातभर उद्धार कार्य चलाइएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *