विपद् जोखिम न्यूनीकरणका लागि कचनकवलमा सामुदायिक स्वयंसेवक तयार पारिँदै

झापा । कचनकवल गाउँपालिकामा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण मुख्यालय झापाको सहकार्यमा समुदाय विपद् स्वयंसेवक तालिम सुरु गरिएको छ।

गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीको प्रमुख आतिथ्यमा सुरु भएको तालिमको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

EPIC EPIC EPIC EPIC EPIC

सशस्त्र प्रहरी उपरीक्षक एवं गणपति तुल बहादुर भण्डारीका अनुसार विपद् स्वयंसेवक आधारभूत तालिम पाठ्यक्रम २०८१ अनुसार सञ्चालन गरिएको तालिम असार १९ गतेसम्म चल्नेछ।

कचनकवल गाउँपालिकाका सातै वडाबाट सहभागी १४ जनाले विपद्का विविध पक्षमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान लिने छन्। तालिममा विपद् पहिचान, भग्न संरचनामा उद्धार, जल तथा अग्नि विपद् व्यवस्थापन, प्राथमिक उपचार, डोरी प्रयोग उद्धार, सडक दुर्घटना न्यूनीकरण लगायतका विषयमा प्रशिक्षण दिइनेछ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले समुदायमै विपद् व्यवस्थापन क्षमताको विकास गर्नु आवश्यक रहेको भन्दै तालिमको सफलताको कामना गरे। गाउँपालिका अध्यक्ष राजबंशीले विपद् न्यूनीकरणका लागि यो तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *