विपद् व्यवस्थापनमा चनाखो बन

editorial

कोशी प्रदेशको पूर्वी भूभागबाट मनसुन भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा जुन १३ बाट मनुसन सक्रिय हुनेभए पनि यस वर्ष तीन दिन छिटो भित्रिएको छ । नेपालमा मौसम भित्रिएसँगै आममानिसहरू के हुने हो र कसो हुने हो ? भन्ने आशंका पनि जन्मिएका छन् किनभने विगतका मनसुनी वर्षाले नेपालमा धेरै धनजनको क्षतिका पु¥याएको छ । नेपालमा हुने वर्षामध्ये ८० प्रतिशत वर्षातको समय अर्थात् जेठ–भदौबीचमा हुने गर्दछ । यसरी छोटो समयमा अत्यधिक वर्षा हुँदा मुलुकमा रहेका करिब ६ हजार खोलानालामा पानीको सतह र बहाव ह्वात्तै बढ्ने र यसले पहाडी क्षेत्रमा पहिरो, भेल, आकस्मिक बाढी र तराईमा बाढी, डुबान तथा जमिन कटानजस्ता विपद् निम्त्याउने गरेको देखिन्छ । खासगरी मनसुनको समयमा बाढी, पहिरो, जमिन कटान, चट्याङ, महामारी रोगले धेरै मानिसहरू प्रभावित हुने गर्दछन् । यसका अतिरिक्त मानवीय क्षतिसँगै व्यक्तिगत घर, सार्वजनिक सम्पत्तिका रुपमा रहेका पुलपुलेसा, सडक, खानेपानीका संरचना, जलविद्युत आयोजना, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन लगायतमा ठूलो क्षति हुने गर्दछ ।


विगत ५ वर्षमा वर्षाका कारण मनसुनी विपद्बाट १४२७ सर्वसाधारणले ज्यान गुमाएका छन् भने ५ अर्ब ९१ करोड रुपैयाँबराबरको भौतिक संरचनाको क्षति राज्यले व्यहोरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१’ को प्रतिवेदनमा उल्लेख गरिएको छ । गत वर्ष असार १ र २ गते आएको बाढीका कारण साना ठूला ३१ जलविद्युत आयोजनामा क्षति पुगेको थियो । त्यस दौरान २७ सर्वसाधारणले ज्यान गुमाए । त्यस्तै, २०७८ मा आएको मनसुनी वर्षाले मेलम्ची खानेपानी आयोजनामा अकल्पनिय क्षति पु¥यायो । त्यसैवर्ष आएको मनसुनका कारण देशभर करिब ४५ पक्की पुल, ८७ झोलुङ्गे पुल तथा ६ सय खानेपानीका संरचनामा क्षति पुग्यो भने १६०० व्यक्तिगत घर क्षतिग्रस्त हुनुका साथै ११ करोड ८७ लाख रुपैयाँ बराबरको सर्वसाधारणको बालीनाली नष्ट भयो ।

EPIC EPIC EPIC EPIC EPIC


खोला तथा नदी किनारा तथा भिरालो र कमजोर जमिनमा मानबबस्ती विकास, नदीनालाको बहाव क्षेत्र मिचेर बनाइएका भौतिक संरचना, ढल तथा नालाको उचित व्यवस्थापन नहुनु, भिरालो जमिनमा जथाभावी सडक तथा संरचनाको निर्माण गरिनु, बढ्दो अव्यवस्थित सहरीकरणका साथै जथाभावी ढुङ्गा, गिट्टी र बालुवाजस्ता प्राकृतिक स्रोतको दोहनले मनसुनजन्य प्राकृतिक विपत्ति बढाउँदै लगिरहेको छ । यद्यपी विपद् व्यवस्थापनका लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकारले विभिन्न कानुन निर्माण गरेका छन् । तिनै कानूनका अधिनमा रहेर विपद् जोखिम कम गराउन क्रियासिल हुने गर्दछन् । तर, कतिपय बेला संघ, प्रदेश र स्थानीय तहबीच उद्धार तथा राहतमा तालमेल नहुने र बढी क्षति व्यहोर्नुपरेका घट्नाहरू पनि छन् । यस्ता विषयमा सम्बन्धित निकाय र सरोकारवाला समयमै सचेत भई अग्रताका साथ जोखिम न्यूनकिरणमा खटिनु अहिलेको आवश्यकता हो । जसले क्षति कम गर्न अधिकतम सहयोग गरोस् । मौसम तपाईं हाम्रो आँगनीमा भित्रिएसँगै चनाखो हुनु जरुरी छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *