विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार गर्ने ३ प्रहरीलाई कारबाही

काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा स्वदेश फर्किएका एक युवकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा परेका छन् ।

गत आइतबार दुबईबाट फर्किएका धनुषाका सञ्जय ओझालाई प्रहरीले लछारपछार गरेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

उक्त कार्यमा संलग्न तीन जनालाई विमानस्थल सुरक्षाबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए ।

ओझाले सामाजिक सञ्जालमा राखेको भिडिओअनुसार १० दिनको बिदामा काठमाडौं आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक जनाले उनलाई ट्रली बाहिर ल्याएको विषयमा विवाद गरेका थिए ।

आफूलाई विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए । तर, प्रहरीले उल्टै दुर्व्यवहार गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *