विराटनगरका १५ वटा सहकारीको दर्ता खारेजी

विराटनगर । विराटनगर महानगरपालिकाले सम्पर्कमा नआएका १५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । महानगरभित्र कार्यक्षेत्र भएका १५ वटा सहकारीको दर्ता खारेज गरेको हो ।

लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभाको विवरण नबुझाएका कारण १५ वटा सहकारीको दर्ता खारेज गरिएको महानगरले जनाएको छ । महानगरपालिकाका अनुसार विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था, विराटनगर–४ को पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, विराटनगर ५ को विराट कोशेलीघर, सोही वडाको एक्सचेन्ज बचत तथा ऋण सहकारी, विराटनगर–७ को सुमेरु बचत तथा ऋण सहकारीको दर्ता खारेज गरेको हो ।

EPIC EPIC EPIC

त्यस्तै विराटनगर–८ को सहयोगी सहकारी संस्था, विराटनगर–९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहुद्देश्यीय सहकारी संस्थाको दर्ता पनि खारेज भएको छ ।

विराटनगर–१२ स्थित गजलक्ष्मी बचत तथा ऋण सहकारी, वडा नं १४ को गरिमा बचत तथा ऋण सहकारी, वडा नं १४ कै बहुमूल्य कृषि सहकारी र वडा नं १५ को ऋद्धिसिद्धि बचत तथा सहकारी संस्था पनि खारेजीमा परेका छन् ।

सम्पर्कमा नरहेका सहकारी संस्थालाई लेखापरीक्षण रिपोर्टसहित सम्पर्कमा आउन महानगरले सूचना जारी गरेको थियो । सम्पर्कमा नआएपछि दर्ता खारेज गरिएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । विराटनगर महानगरपालिकामा १९३ वटा सहकारी संस्था दर्ता छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *