विराटनगरबाट तस्करीको ४० केजी चाँदीसहित पशुपति ज्वलर्स सञ्चालक पक्राउ

करिब ४० केजी चाँदी तस्करी प्रकरणमा विराटनगर ११ पिचरास्थित पशुपति ज्वलर्सका सञ्चालक विश्वजीत जानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनचाँदी पसलबाट आज (बिहीबार) दिउँसो ठूलो परिमाणमा तस्करीको चाँदीको गरगहना बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

EPIC EPIC EPIC

पक्राउ परेका उनलाई अहिले विराटनगर भन्सार कार्यालयमा रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका जाना भारतीय नागरिक हुन् । उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बरामद गरेको चाँदीको गरगहना अहिले भन्सार कार्यालयमा राखिएको बताए ।

‘बरामद गरिएको चाँदी तौलिने काम हुन लागेको छ,’ उनले भने, ‘तौलिएपछि परिमाण थाहा हुनेछ ।’ सुनचाँदी व्यवसायी संघका प्रतिनिधि समेतलाई राखेर तौलिने काम हुन लागेको उनले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च