Search
Close this search box.
Search
Close this search box.

विराटनगरमा ट्राफिक प्रहरीले चोरीको मोटरसाइकल बेचेपछि…

विराटनगर । जिल्ला ट्राफिक कार्यालय मोरङमा कार्यरत एक प्रहरी जवानले चोरीको बाइक बेचेर फरार भएको खुलेको छ । तुलसी माझिको नाममा रहेको  बजाज कम्पनिको एनयस मोटरसाइकल गत पुष १ गते सुनसरी जिल्लाको दुहबी बजार बाट चोरी भएको थियो । 

मोटरसाइकल चोरी भए पछि माझिले ईलाका प्रहरी कार्यालय दुहबीमा निवेदन समेत दिएका थिए । चोरी भएको करिब ३ महिना पछि बेलवारीको एक रिकन्डिसन हाउसमा बेच्न राखिएको अवस्थामा फेला परे पछि घटना खुलेको हो । 

EPIC EPIC EPIC

चोरी गरिएको बाइक तत्काल जिल्ला ट्राफिक कार्यालय मोरंगमा कार्यरत प्रहरी जवान लोक बाहादुर कार्कीले समाएका थिए । जिल्ला ट्राफिक कार्यालयमा कुनै रेकर्डनै नराखी कार्कीले उक्त बाइक कलेज रोड विराटनगरमा रहेको राजा ग्यारेज लाइ मर्मतका लागि दिएका थिए । 

उनले कोही ग्राहक फेला परे गोप्य रुपमा मोटरसाइकल बिक्रि गर्न ग्यारेजमा कार्यतर कर्मचारी अर्जुन कुमार ठाकुर र अजय मण्डललाई जिम्मा दिएका थिए । व्लु बुक समेत नभएकाले कम दाम मै बिक्रि गर्न कार्कीले लगाएको अर्जुन ठाकुरका बुवा महेश ठाकुरले बताए । 

रिकन्डिसन हाउसमा मोटर साइकल फेला परे पछि प्रहरीले अनुसन्धान गर्दै जादा अर्जुन ठाकुर,अजय मण्डल,राजा ग्यारेजका संचालक राजा बाबु शाह र रिकन्डिसन हाउसका संचालक संखर दाहाललाइ पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।  कार्की केही समय अघिनै जिल्ला ट्राफिक कार्यालय मोरङबाट सरुवा भएर सप्तरी गएको र चोरी प्रकरण खुलेपछि फरार रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंगका ट्राफिक प्रहरी निरिक्षक सुमन न्यौपानेले सो बारे आफुलाई थाहा नभएको बताए । ‘मैले पनि बाहिर—बाहिर सुनेको हो । के हो मलाई जानकारी छैन ।’ उनले भने । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *