विराटनगरमा मोटरसाइकलमा आएका लुटेराहरुले दिउँसै १४ लाख रुपैयाँ लुटेका छन्।
आइतवार दिउँसो ३ बजेतिर मोटरसाइकलमा आएका दुई लुटराले विराटनगर– ३ मा रहेको उद्योगमा कामदार पठाउने पाथिभरा मेनपावर सप्लायर्सको १४ लाख रुपैयाँ लुटेका हुन्।
मजदुरको पारिश्रमिक दिनका लागि आइतवार नै एभरेष्ट बैकबाट निकालेर ल्याएको १४ लाख रुपैयाँ फोनमा कुरा गर्दै आएका लुटेराहरुले अकस्मात लुटेर भागेका व्यवसायी विवेक कर्णले बताए। पैसा लुटेर लुटेराहरु पश्चितर्फ मोटरसाइकलमा फरार भएका उनले बताए।
मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले पैसा लुटिएको सूचना प्राप्त भएपछि लुटेराहरुको खोजी भइरहेको जानकारी दिए।



















