विराटनगर महानगरपालिकाले विमानस्थलको फोहोर नउठाउने

biratnagar airport

विराटनगर महानगरपालिकाले विराटनगर विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको छ । विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले महानगरपालिकालाई कर नतिरेपछि बुधबारदेखि फोहोर नउठाउने निर्णय गरेको हो ।

विमानस्थलले स्थापना कालदेखि नै स्थानीय सरकारलाई कर बुझाएको छैन । विराटनगर महानगरपालिकाले विमानस्थल प्रशासनलाई पटक –पटक सम्पत्ति कर, बहाल कर बुझाउन र निर्माणधीन टर्मिनल भवनको नक्सा पास गर्न पत्रचार गरेको थियो ।

EPIC EPIC EPIC

विमानस्थल प्रशासनले कर नतिरेपछि फोहोर नउठाउने निर्णय गरेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए । ‘हामीले पटक पटक आग्रह गर्दा विमानस्थल प्रशासनले कर तिरेन, नतिरेपछि करको दायरामा ल्याउन असहयोग (फोहोर नउठाउने) गर्ने निर्णयमा पुग्यौं,’ उनले भने, ‘फोहोर व्यवस्थापन गर्नेलाई महानगरले शुल्क तिर्छ, कर नतिरेपछि फोहोर नउठाउने निर्णयमा पुग्यौं ।’

विराटनगर विमानस्थल प्रशासनले टर्मिनल भवन भित्र–बाहिर पसल र होटललाई भाडामा संरचना प्रयोग गर्न दिएको छ । टर्मिनल भवन भित्र विमान कम्पनीका काउन्टर पनि छन् । त्यस बाहेक नोबेल मेडिकल कलेज अगाडिको विमानस्थलको जग्गामा सटर निर्माण गरेर भाडामा पनि लगाएको छ । ती संरचना भाडामा लगाए बापत भएको आम्दानीबाट बहाल कर विमानस्थल प्रशासनले नतिरेको राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *