विराट-अर्जुनको रक्तदान कार्यक्रम,१ सयजना बढिले दिए रगत

20230221 070215

बिर्तामोड- झापा बिर्तामोड–४ को विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गत २०७६ सालदेखि प्रत्येक बर्ष फागुन ८ गते रक्तदान गर्दै आएको छ ।

20230221 070149

विगत ४ बर्ष अघिदेखि संस्थाले शुरु गरेको रक्तदान कार्यक्रम सोमवार (हिजो) बिर्तामोड मुक्तिचोकस्थित दुर्गा मन्दिरमा गरेको हो ।
संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उप–शाखाले प्राविधिक सहयोग गरेको थियो ।
सस्थाकी ब्यवस्थापक कमला आचार्यले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन्।

EPIC EPIC EPIC

संस्थाका अध्यक्ष नविन खरेल (नवराज) को अध्यक्षतामा भएको रक्तदान उद्घाटन कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोशित प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत संस्थाका सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक सुमन शर्मा जमरकट्टेलले गरेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम प्रसाईले गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष यादवकुमार ओली, बजार प्रतिनिधि जीवन रेग्मी, संस्थाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *