Search
Close this search box.
Search
Close this search box.

विर्तामोडमा छुरा प्रहारबाट घाइते मुर्मुको अवस्था गम्भीर, ५ जना पक्राउ

विर्तामोड। विर्तामोड स्थित पश्चिम बस स्टेनमा अहिले राति अन्दाजी ८:२० बजे छुरा प्रहारबाट घाइते भएका युवा विर्तामोड बस्ने २३ बर्षका सुनुराम मुर्मु रहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको स्पाइनएक्स अस्पतालमा उपचार भैरहेको छ।

एकआपसमा झै-झगडा हुँदा मुर्मु माथि चक्कु प्रहार गरी बाँया हातको कुममा र ढाडको माथिपट्टी गर्दनको भागमा चोट लागी घाईते बनाएको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ।

EPIC

पक्राउ पर्नेहरूमा झापा बिर्तामोड न.पा. १ बस्ने बर्ष अं. २३ को राम टुडु, विर्तामोड ६ बस्ने बर्ष १९ की एलिना श्रेष्ठ,बर्ष अं. २९ को सुसान मुर्मु, अर्जुनधारा न.पा.११ बस्ने बर्ष ३० को सरोज सहनी र कनकाई न.पा. १ बस्ने बर्ष अं. २३ को मनोज बि.क. रहेको प्रहरीले जनाएको छ।उनिहरुमाथि थप अनुसन्धान भैरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *