Search
Close this search box.
Search
Close this search box.

विवाहको मौसममा ‘रङ्गेली’ को ‘दुल्हा-दुल्हन’ सार्वजनिक (भिडियो)

काठमाडौं। यही फागुन २५ गते प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘रङ्गेली’ को दोस्रो गीत ‘दुल्हा-दुल्हन’ सार्वजनिक भएको छ । विवाह गीतको रूपमा तयार पारिएको यो गीतमा निशान भट्टराईको स्वर रहेको छ भने सविन एकतारेका शब्दमा सुशान्त गौतमको संगीत सुन्न सकिन्छ ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको विवाह समारोहमा भएको सांगीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ ।

EPIC

पछिल्लो समयका फिल्महरूमा गरेको अभिनयको कारण चर्चामा रहेका बराल यो गीतको भिडियोमा कमेडी शैलीमा प्रस्तुत भएका छन् । यसको भिडियोको सेटअप’ पनि पृथक शैलीमा गरिएको देखिन्छ ।

‘‘रङ्गेली’ मा अर्जुन सुवेदीको लेखन तथा निर्देशन छ । यसमा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यो फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह(निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो फिल्म नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।

जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा एक्का बास्सा इन्टरटेन्मेन्ट र लाइभ एट प्रिजेन्टले प्रदर्शन गर्ने यो फिल्मको डिजिटल वितरक भने ओएसआर डिजिटल हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *