झापा- विवेकशील साझा युवा संगठनले प्रदेश न १ का विभिन्न चार जिल्लामा संयोजकहरु घोषणा गरेको छ।
आज प्रदेश कमिटीको भेलाले एक कार्यक्रमकाबिच चारवटा जिल्लाहरु इलाम, उदयपुर, ताप्लेजुङ र पाँचथरका संयोजकहरु घोषणा गरेको छ ।
इलामको संयोजकमा इन्द्र बहादुर रसाईली, उदयपुरका लागि वसन्त दाहाल, ताप्लेजुङ्का लागि मिलन बुढाथोकी र पाँचथरका लागि भुपाल राईलाई संयोजक तोकिएको छ ।
विवेकशील साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् विवेकशील साझाको सु- संस्कृत राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको छ।
उर्जाशिल, ईमान र क्षमता भएका युवाहरू समेटेर बनाइएको संगठनले सुसंस्कृत राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको भन्दै संयोजक तोकिएको विवेकशील साझा युवा संगठन प्रदेश न १ संयोजक प्रसान्त ढकालले बताएका छन् ।